२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मुक्तिनाथ विकास बैंकको सुविधा विस्तार

काठमाडौं । मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ क्यापिटल र सेयर ब्रोकर कम्पनीबीच त्रिपक्षीय व्यवसायिक सम्झौता गरेको छ । यो सम्झौता बमोजिमको सुविधाहरु ‘मुक्तिनाथ सेयरधनी बचत खाता’ खोल्ने ग्राहकले पाउनेछन् । सेवाग्राहीलाई सुविधा दिन र सेयर लगानी गर्न चाहने ग्राहकलाई सम्पूर्ण सेवा एकै स्थानबाट उपलब्ध गराउन उक्त सम्झौता गरेको बैंकले बताएको छ । सम्झौता बमोजिम ग्राहकले बैंकका कुनै पनि शाखाबाट तीन कम्पनीले (मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ क्यापिटल र तोकिएका सेयर ब्रोकर कम्पनी) दिने विभिन्न सेवा सुविधा पाउनेछन् ।

नयाँ व्यवस्थाअनुसार मुक्तिनाथ सेयरधनी बचत खाता न्यूनतम मौज्दात १०० रुपैयाँमा खोल्न सकिने, निःशुल्क कनेक्ट आईपीएस रजिष्टेशन, निःशुल्क मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ, मुक्तिनाथ क्यापिटलबाट निःशुल्क डिम्याट खाता, मेरो सेयर रजिष्ट्रेशन र पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा ५० प्रतिशतसम्म छुट तथा ब्रोकर कम्पनीबाट निःशुल्क ब्रोकर खाताको सुविधा पाउनेछन् ।

यो सम्झौतामा क्यापिटल म्याक्स (ब्रोकर नं. ६२), मियो सेक्युरिटिज् (ब्रोकर नं. ६६) र हातेमालो फाइनान्सियल सर्भिसेज (ब्रोकर नं. ७२) आवद्ध भएका छन् । सेवाग्राहीलाई उक्त कम्पनीबाट उपलब्ध हुने सेवा भविष्यमा थप गर्दै लैजाने योजना पनि रहेको बैंकको भनाइ छ ।

 

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस