२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

घरमा बसेर सामाजिक सञ्जालमा साथी बनाउँदै ११ लाख ठगी गर्ने पक्राउ

काठमाडौं, असोज ४ गते । सामाजिक सञ्जालको माध्यममा साथी बनाइ जीमेल, फीफा एपको लिङ्क पठाएर अनलाइन ठगी गर्ने २८ वर्षीय दादिकि शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार स्थायी घर भोजपुर हतुवागढी गाउँपालिका भई हल काठमाडौँको टोखा बस्ने शेर्पाले पीडितको फेसबुक, ह्वाट्स् एप, भाइवरबाट साथी बनी फीफा एप इन्स्टल गर्न लगाइ ११ लाख २७ हजार रुपियाँ ठगी गरेका हुन् ।

व्यक्तिगत विवरण समेत अपडेट गर्न लगाइ पीडितलाई सोही एपबाट आर्थिक कारोबार गर्न नेपालको कानुन बमोजिम हुने भनेर विश्वास दिलाइ दिलाएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ । अनलाइन गेमको विज्ञापन राखेर पीडितलाई अनलाइन बेटिङ गेम खेल्न रकम जम्मा गर्न लगाउने र जम्म गरेको ९० मिनेटभित्र १.४८ प्रतिशतका दरले फाइदा हुने झुटा आश्वासन दिने गरेको प्रहरीले बताएको छ । निजलाई ठगी तथा सट्टाबाजी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० असोज ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस