२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पाकिस्तानसँग नेपाल पराजित

काठमाडौं । यू–१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको हो । पाकिस्तानले ७५ औं मिनेटमा गोल गरेको थियो । अलि जाफरले टाढाबाट गरेको प्रहार कप्तानसमेत रहेका किपर जियारथ शेखले भेट्नै नसक्ने गरी पोस्टको माथिल्लो कुनाबाट गोल भएको थियो ।

यसअघि ३४ औं मिनेटमा पाकिस्तानका आदिल युनसले हानेको बल पोष्ट भन्दा केहीमाथिबाट बाहिर गएको थियो । ४० औं मिनेटमा शाह जाहानले हानेको प्रहार शेखले बचाए । खेलमा नेपालले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन ।

११ औं मिनेटमा समीर तामाङले बक्स भित्रबाट गरेको प्रहार पोष्ट माथिबाट बाहिरिएको हो । ५२ मिनेटमा नेपालले फ्रिकिक पाउँदा पनि नेपालले मौका गुमायो । खेलको समयतिर दीपक थापाले हानेको प्रहार दोस्रो बार हुँदै बाहिरिएको थियो । नेपालले अब सोमबार माल्दिभ्ससँग खेल्ने छ । त्यसअघि शनिबार पाकिस्तान र माल्दिभ्सले खेल्ने छन् । यसअघि आजै भएको समूह बीको खेलमा भारतले बंगलादेशलाई ३-० ले हराएको थियो ।

 

 

प्रकाशित मिति : २०८० असोज ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस