२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

केन्द्रीय समिति बैठकमा कांग्रेसले पार्टीसम्बद्ध शिक्षक संगठन खारेज गर्ने विषय उठ्यो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा पार्टीसम्बद्ध शिक्षक संघ खारेजीको माग उठेको छ । ‘नेपालमा अहिले शिक्षकहरुले आन्दोलन गरिराख्नुभएको छ । उहाँहरुलाई सम्मानपूर्वक इज्जतपूर्वक व्यावसायिक बनाउनुपर्छ । पार्टीका भातृ संघ संस्थाको रुपमा निर्माण गर्ने माग हामीले गर्न हुँदैन’ कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा नेता गोपाल दहित लगायतले जोड दिनुभएको छ ।

प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा रहेका बेला कांग्रेसको बैठकमा नेताहरुले शिक्षकहरुलाई व्यावसायिक बनाइनुपर्ने, पर्याप्त सेवा सुविधा दिनुपर्ने तर राजनीतिक संस्थामा आवद्ध हुन दिन नहुने धारणा राखेका छन् । नेपाली कांग्रेस निकट शिक्षकहरुको पनि संघ छ ।

कांग्रेस निकट शिक्षकहरु नेपाल शिक्षक संघमा आवद्ध छन् । कतिपयले शिक्षकहरुले संघ बनाउन पाउने र पार्टी सम्बद्ध हुन पाउने मजदुर अधिकारको पक्ष भएको तर्क गरिरहेका बेला कांग्रेस नेताहरुले पार्टीसम्बद्ध शिक्षक संगठन खारेजीको माग राखिरहनुभएको छ ।

 

प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस