२०८१ बैशाख १८ गते मङ्गलवार | 2024 April 30th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बसको अग्रिम टिकट खुलाउन छलफल सुरु

काठमाडौं, असोज ५ गते । चाडपर्वमा सार्वजनिक बसको टिकट खुलाउने सम्बन्धमा सरोकारवालाबीच प्रारम्भिक छलफल सुरु भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वको टिकटसँगै सडकसम्बन्धी विविध समस्याको सम्बोधन गर्न शुक्रबार सरोकारवाला निकायबीच छलफल भइरहेको जानकारी दिनुभयो ।

सटौलाले भन्नुभयो, “बाटो तथा यातायात सम्बन्धका समस्या छन् । चाडपर्वमा नागरिक घर जान पाउँछन्, टीका लाउन पाउँछन् । टिकट खुलाउने विषयमा प्रारम्भिक छलफल भर्खर सुरु भएको छ ।”

उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरोकारवालाबीच छलफल भएको भनाइ राख्नुभयो । उहाँले टिकट खुलाउनेसँगै यातायातका विविध समस्या सम्बोधन हुनुपर्ने, सडक सञ्चालन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस