२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अब गैर आवासीय नेपालीलाई नागरिकता प्रमाणपत्र : नियमावली राजपत्रमा प्रकाशित

NRNA

काठमाडौं, असोज ५ गते । नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित भए बमोजिम गैर आवासीय नेपाली नागरिकता प्रमाणपत्रको नयाँ व्यवस्था लागू भएको छ । गृह मन्त्रालयले असोज ४ गते बिहीबार राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार सो व्यवस्था कायम भएको मन्त्रालयका उपसचिव एवम् नागरिकता तथा राष्ट्रिय परिचयपत्र शाखा प्रमुख कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो प्रकाशित राजपत्रमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र र विदेशी बुवाको हकमा नेपाली आमाको सन्तानलाई अंगिकृत नागरिकता उपलब्ध गराउने मुख्य दुई विषय नयाँ छन् । उहाँले भन्नुभयो, “नयाँ भनेको एउटा एनआरएन सम्बन्धी नागरिकता दिने हो । अर्को नेपाली आमा र विदेशी बुवा हुँदा अंगिकृत नागरिकता दिने भन्ने मुख्य मुद्दा हो ।”

यो अवस्थमा विदेशी बुवा भएको हकमा नेपाली आमाले विदेशी नागरिकता नलिएको स्वघोषणा गर्नुपर्ने उहाँको भनाइ छ । गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्रको हकमा राजनीतिक तथा प्रशासनिक अधिकारबाहेकका सम्पूर्ण अधिकार प्रयोग गर्ने भन्ने व्यवस्था रहेको छ । उहाँले आमा–बुवा दुवै नेपाली भएको हकमा आमाको नामबाट स्वतः नागरिकता उपलब्धता हुने बताउनुभयो।

 

प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस