२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शिक्षकहरूसँगको वार्ता आज टुङ्गिन्छ : मन्त्री गुरुङ

काठमाडौं । आन्दोलनरत शिक्षकहरूसँग औपचारिक छलफलमा बस्नुअघि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र सरोकारवाला मन्त्रीहरुबीच छलफल भएको छ । सिंहदरबारमा भएको छलफलमा आन्दोलनरत शिक्षकहरूले अघि सारेका मागबारे बुँदागत रूपमा छलफल भएको कानूनमन्त्री धनराज गुरुङले जानकारी दिनुभयो ।

शिक्षकहरूसँगको छलफलअघि कार्यबहाक प्रधानमन्त्री समेत रहनुभएका खड्काले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानूनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग शिक्षकका माग र सम्बोधन गर्न सक्ने विषयबारे कुराकानी गर्नुभएको थियो ।

मन्त्रीहरूबीचको छलफलपछि केही बेरमा सरकारी टोली र शिक्षक महासङ्घका प्रतिनिधिबीच वार्ता हुने मन्त्री गुरुङले जानकारी दिनुभयो । ‘हामीबीच शिक्षकहरूले अघि सारेका मागबारे बुँदागत रूपमा छलफल भयो । अब उहाँहरुसँग केहीबेरमा छलफल गर्छौ र आजै शिक्षकहरूसँगको वार्ता अन्तिम टुङ्गो लगाउँछौ’, मन्त्री गुरुङको भनाइ छ ।

 

प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस