२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आजपनि शिक्षकहरुको सडकमा प्रदर्शनसँगै नाचगान, थप १० हजार शिक्षक काठमाडौं छिरे

५असोज, काठमाडौं । आन्दोलनरत शिक्षकहरूले आज शुक्रबार पनि काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले १७ बुँदे माग अघि सार्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ । सरकारसँग कुरा नमिलेपछि आज १० हजार शिक्षक काठमाडौं छिरेका छन् । स्थानीय सरकारले कारबाही गर्न सक्दैन भन्ने देखेपछि स्कुल छोडेर शिक्षकहरु काठमाडौं छिरेका हुन् ।

माग पूरा गर्न भन्दै शिक्षकहरूले ३ असोजदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । आज शुक्रबार तेस्रो दिन पनि उनीहरुले प्रदर्शनलाई निरन्तरता दिएका छन् । माइतीघर मण्डलामा जम्मा भएर शिक्षकहरुले नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् । प्रदर्शनकै क्रममा शिक्षकहरुले सडकमै नाचगानसमेत गरेका छन ।

उनीहरुको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात सेवा भने प्रभावित भएको छ । जसका कारण यात्रुलाई सास्तीभएको छ । आफूहरूका मागका बारेमा शिक्षक संगठनका प्रतिनिधिहरूले बिहीबार बिहान र साँझ तथा आज शुक्रबार बिहान दुई चरणमा मन्त्रीहरुसँग छलफल गरेका थिए । अझै निश्किर्ष निस्किएको छैन ।

 

 

प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस