२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

झलनाथले कांग्रेस चिढ्याएर एमाले खुशी पार्न खोज्नु हाम्रो पार्टीलाई सिध्याउने कुरा हो : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कांग्रेसलाई चिढ्याएर एमालेलाई खोज्नु भनेको पार्टी सिध्याउने कुरा भएकाले त्यता नलाग्न नेकपा एसका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । शनिवार नेकपा एस निकट कानून व्यवसायीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन सरकार छाड्ने र कांग्रेसलाई चिढ्याउने कुराले पार्टी सिद्धिने र सिंगो अभियान धराशायी हुने बताउनुभयो ।

पछिल्लो समय सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चा कसका विरुद्ध भन्दै नेकपा एसले प्रमुख शत्रु किटान गरेर जानुपर्ने बताइरहेका बेला नेपालले लगातार खनालको धारणाको प्रतिवाद गरिरहनुभएको छ । यसले नेकपा एसमा दुई नेताबीच दुरी बढिरहेको छ । खनाल गठबन्धन सरकारमा २ जना मन्त्री पठाएर केही उपलब्धि नहुने भन्दै कांग्रेससँगै प्रधान अन्तर्विरोध रहेको बताउँदै आउनुभएको छ । उहाँले एमालेसँगको एकतामा जोड दिँदै अहिलेकै अवस्थामा नेकपा एस अघि नबढ्ने समेत बताइरहेका बेला नेपालले काउण्टर दिइरहनुभएको छ ।

खनाललाई जवाफ दिँदै नेपालले भन्नुभयो, अहिले गठबन्धनको सरकारबाट बाहिरिनुपर्छ भन्नु पार्टी सिध्याउन खोज्ने कुरा हो । कांग्रेसलाई शत्रु बनाएर,कांग्रेसलाई बिच्क्याएर अरू कसैलाई खुशी पार्न खोजेको छ भने त्यो कुरा सिंगो अभियान धराशायी पार्ने हो । हामी त्यो दिशामा जान सक्दैनौँ ।

 

प्रकाशित मिति : २०८० असोज ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस