२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री चीनमा अवतरण, राष्ट्रपति सि जिनपिङ रिसोर्टमासँगै खाना खाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मुलुक चीनमा अवतरण हुनुभएको छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर न्यूयोर्कबाटै प्रधानमन्त्री चीन भ्रमणका लागि जानुभएको हो ।

प्रचण्डले आजै चीनका राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रपति सी हाङजाओमा रहेको र प्रधानमन्त्री पनि त्यही पुग्नुभएकाले आजै भेट्ने तालिका तय भएको हो। नेपाली समयअनुसार आज बिहान १० बजे हाङजाओ विमानस्थलमा चीनका विदेशमन्त्री वाङ यीले प्रचण्डलाई स्वागत गर्नुभयो ।

त्यसपछि दिउँसो सँगै खाना खाने क्रममा एउटा रिसोर्टमा उहाँहरूबीच भेटवार्ताको तालिका छ। त्यसपछि अपरान्ह ४ बजे द्विपक्षीय भेटवार्ता हुनेछ। प्रचण्ड आइतबार मात्रै राजधानी बेइजिङ पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड र चिनिया समकक्षी ली छियाङबीच सोमबार द्विपक्षीय भेटवार्ता हुने तालिका छ। एक साता चीनमा बिताउने प्रधानमन्त्री असोज १३ गते शनिबार स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति : २०८० असोज ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस