२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चिनियाँ अदालतबाट एक मुस्लिम महिलालाई आजीवन कारावासको सजाय

एजेन्सी । चिनियाँ अदालतले एक जना उइगुर मुस्लिम विद्वान महिलालाई आजीवन कारावासको सजाय दिएको छ । राहिल दाउत नाम गरेकी ५७ वर्षीया प्राध्यापकलाई आजीवन काराबास सजाय दिइएको अमेरिकास्थित तुइह्वा फाउण्डेसनले जनाएको छ । सन् २०१८ मा सिञ्चियाङको अदालतले उनीविरुद्ध गरेको फैसलामा दाउतले पुनरावेदन गरेकोमा पुनरावेदनको आग्रह खारेज गरिएको हो ।

चीनको राष्ट्रिय सुरक्षामा खलल् पुर्‍यायाएको आरोपमा उनलाई आजीवन काराबास सजाय दिइएको हो । दाउतको काराबास सजाय सिञ्चियाङ प्रान्तका मुश्लिम समुदायका लागि झड्का भएको तुइह्वा फाउण्डेसनका कार्यकारी निर्देशक जोन कामको भनाइ छ । सन् २००७ मा अल्पसंख्यक जातीय अनुसन्धान केन्द्र स्थापना गरेकी दाउतले सिञ्चियाङका मुश्लिम समुदायको अवस्थाबारे स्थलगत अध्ययन गरेकी थिइन ।

उनलाई सन् २०१६ मा पक्राउ गरी जेल हालिएको थियो । सिञ्चियाङमा १ करोड २० लाख मुश्लिमको बसोबास रहेको छ ।

 

प्रकाशित मिति : २०८० असोज ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस