२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एसियाड खेल्न सन्दीप लामिछाने भोलि चीन जाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने १९औं एसियन गेम्स खेल्न सोमबार चीन जाने भएका छन् । एसियाड खेल्न सन्दीपबिनै नेपाली टोली आज हाङजाओ प्रस्थान गरिसकेको छ ।

नाबालिग बलात्कार मुद्दाको अन्तिम सुनवाइका लागि आजै पेसी परेका कारण सन्दीप टोलीसँगै चीन जान पाएका थिएनन् । तर, काठमाडौं जिल्ला अदालतले न्यायाधीश अभाव भएको भन्दै सुनुवाइ स्थगित गरेपछि उनी भोली सोमबार चीन जाने भएका हुन् ।

एसियाडमा नेपाली टोलीले बुधबार मंगोलियासँग खेल्दै छ । खेल जेझियाङ क्रिकेट फिल्डमा बिहान ६ः४५ बजे हुनेछ । समूह चरणको अन्तिम खेलमा नेपालले आगामी आइतबार मालदिभ्ससँग खेल्ने तालिका छ । क्वार्टरफाइनलमा पुगे नेपालले पुनः टेस्ट टोलीसँग खेल्नेछ । क्वार्टरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले सिधै स्थान बनाएका छन् । एसियाडमा क्रिकेटका खेलहरु १० गतेदेखि २१ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : २०८० असोज ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस