२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित

७ असोज, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज सुनुवाइको पेसी तारिख तोकिएपछि न्यायाधीश अभावका कारण मुद्दा पेसीमा नचढेको हो ।

न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको छ भने केही उच्च अदालतमा बढुवा हुनुभएको छ । सरुवा भएर जानेले मुद्दा नहेर्ने र आउनुपर्ने आइनसकेका कारण सीमित न्यायाधीशले मुद्दा हेर्न नभ्याएको भन्दै हेर्न नभ्याउनेमा राखिएको अदालत स्रोतले बताएको छ । उक्त मुद्दाको पेसी अब कहिले तोकिन्छ भन्ने टुंगो छैन । सर्वोच्च अदालतले मुद्दाको फैसला छिटो गर्न अग्राधिकार दिएको छ ।

 

प्रकाशित मिति : २०८० असोज ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस