२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

घरेलु क्रिकेटको संरचनामा ध्यान दिने नवनिर्वाचित सचिव पारसको भनाई

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका नवनिर्वाचित सचिव पारस खड्काले, घरेलु क्रिकेटको संरचना निर्माण पहिलो प्राथमिकता रहने बताएका छन् । शनिबार भएको निर्वाचनको मतगणनापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै खड्काले, अब आफ्नो पहिलो प्राथमिकता घरेलु क्रिकेटको संरचनामा जिल्ला र प्रदेशलाई कसरी बलियो बनाउने भन्ने रहेको बताएका हुन् ।

उनले भने, ‘नेपाल क्रिकेट संघ जस्तो पदाधिकारी भएर सचिव जस्तो पदमा नियूक्ति हुँदा मेरो एउटा मात्र सोच विचार भनेको, घरेलु क्रिकेटको संरचनामा जिल्ला र प्रदेशलाई कसरी बलियो बनाउने भन्ने ठूलो ध्यान पुर्‍याउनु पर्छ । ’

उनले क्रिकेट क्षेत्रको भौतिक विकासको लागि ठूलो ईतिहास बोकेको त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट मैदानलाई व्यवस्थित गर्नुपर्ने टिप्पणी गरे । उनले भने, ‘हामी सँग २ वटा अन्तराष्ट्रिय क्रिकेट मैदान छन् । त्यसमा पनि पहिलो प्राथमिकता त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट मैदान ठूलो ईतिहास बोकेकोले यसलाई हामीले व्यवस्थित गर्ने हो भने नयाँ भौतिक पूर्वाधार निर्माणको सुरुवात हुन्छ ।’ जिल्ला र प्रदेश बलियो नभई केन्द्र बलियो नहुने उनको भनाइ छ।

 

प्रकाशित मिति : २०८० असोज ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस