२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शिक्षकले सञ्चालन गरेको होटलमा वेश्यावृत्ती, बालिकासहित ६ जना युवा युवती पक्राउ

महोतरी । महोतरीका एक माबि बसपिट्टिमा कार्यरत शिक्षक सञ्जीब झाले ग्रामिण ईलाका सम्सी बजारमा सञ्चालन गर्दै आएको होटेल संगम बाट वेश्यावृत्ती हुँदै आएको सूचनाका आधारमा प्रहरीले सोमबार छापा मारेको छ ।

सम्सी प्रहरी चौकिका ईन्चार्ज प्रहरी नायब निरिक्षक लेखनाथ खनालको कमाण्डमा छापा हान्न गएको टोलीले होटेलबाट वेश्यावृत्तीमा संलग्न एक बालिका, दुई युवती सहित दुईजना युवा र सञ्चालक झा लाई पक्राउ गरेको छ ।

बिगत देखि नै सञ्चालक झाले सञ्चालन गर्दै आएको होटेल संगम बाट वेश्यावृत्ती हुँदै आएको सूचनाका आधारमा छापा हानेर पक्राउ गरि ल्याईएको र पक्राउ गरि ल्याईएका वेश्यावृत्तीमा संलग्नहरू लाई आवश्यक कारबाहीका लागि अनुशन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रमुख प्रहरी उपरिक्षक ‘एसपी’ प्रकाश मल्लले जानकारी दिए ।

केही बर्ष अगाडि प्रहरीले सदरमुकाम जलेश्वरको नगरपालिका चौकमा सञ्चालित होटेलहरूमा वेश्यावृत्ती गर्दै आएको सूचनाको आधारमा दर्जनौ भारतीय यूवतीहरूलाई पक्राउ गरि सार्वजनिक गर्दै भारतीय सुरक्षा निकायको जिम्मा लगाएको थियो । होटेल संगम बाट पक्राउ गरिएका युवतीहरु समेत भारतीय रहेको प्रहरीको भनाई छ ।

 

प्रकाशित मिति : २०८० असोज ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस