२०८१ जेष्ठ ६ गते आइतवार | 2024 May 19th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोशीमा मन्त्रिपरिषद् विस्तार हुँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै छन् । काठमाडौंबाट आज विराटनगर आएसँगै उनले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन् ।

स्रोतका अनुसार अनुसार लीलाबल्लव अधिकारी, निरन राई, वुद्धिकुमार राज भण्डारी र रामप्रसाद मेहतालाई मन्त्री बन्दै छन् । थपिने सबै मन्त्री एमालेकै हुन् ।

यसअघि एमालेबाटै तीलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भइसकेका छन् । संविधानको धारा १६८ (३) अनुसार कोशीमा ठूलो दलको हैसियतमा एमाले सरकारले आगामी असोज २० सम्म विश्वासको मत लिइसक्नु पर्नेछ ।

प्रकाशित मिति : २०८० असोज ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस