२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माल्दिभ्समाथि नेपालको सानदार जित

८ असोज, काठमाडौं । माल्दिभ्ससँगको जित्नै पर्ने खेल जितेर नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । दशरथ रंगशालामा नेपाललाई जिताउन समीर तामाङले २ तथा प्रशान्त लक्सम र निराजन धामीले गोल गरे ।

यो जितसँगै नेपाल आफ्नो समूहबाट उपविजेता बनेर सेमिफाइनलमा पुगेको हो । पहिलो खेलमा नेपाललाई हराएको पाकिस्तान भने समूह विजेता बनेको छ । पाकिस्तानसँग बराबरी खेलेको माल्दिभ्स नेपालसँगको हारसँगै घर फर्केको छ ।

अर्को समूहबाट भुटान र भारत सेमिफाइनलमा पुगेका छन् ।

 

 

प्रकाशित मिति : २०८० असोज ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस