२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जन्मदिनको अवसरमा अध्यक्ष बस्नेतद्वारा ‘प्रेस चौतारी पत्रकार कल्याणकारी कोष’ लाई नगद सहयोग

काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले आफ्नो जन्मदिनको अवसरमा ‘प्रेस चौतारी पत्रकार कल्याणकारी कोष’ मा आर्थिक सहयोग गरेका छन्।

मंगलबार आफ्नो जन्मदिनको अवसरमा अध्यक्ष बस्नेतले उक्त कोषमा नगद ५ हजार रुपैयाँ सहयोग गरेका हुन् । अध्यक्ष बस्नेतले प्रेस चौतारीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त रकम कोषाध्यक्ष इन्द्र आचार्यलाई हस्तान्तरण गरे । सहयोग सम्बन्धमा कोषाध्यक्ष आचार्यले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत जहिलै भन्नुहुन्छ, पत्रकार समाजका पथ-प्रर्दशक हुनुपर्छ । हामीले हिँडेको बाटोमा समाजका सदस्य हिड्न योग्य दैनिकी र जीवनशैली हुनुपर्छ । केही अघिको बैठकमा आफ्ना खुशीका क्षण भड्किला बनाउँने हैन, फुर्मास खर्चलाई बरु संगठन जीवनमा सामूहिक सदुपयोगका लागि प्रयोग गरौं भन्ने प्रस्ताव पारित गराउनुभयो ।

जन्मदिन, आफ्नो वा आफ्ना परिवारका सदस्यको प्रगतीको खुशीलाई ‘ह्याप्पी सनसाइन’ घोषणा गर्ने भन्नुभयो । आज उहाँले आफ्नो जन्मदिनको अवसरमा पत्रकार कल्याण कोषमा जम्मा हुनेगरी ५ हजार नगद हस्तान्तरण गर्नुभयो । उहाँको यो उदाहरणीय कार्यप्रति धेरै–धेरै सह्रानीय । साथै फेरिपनि जन्मदिनको अनगिन्ती शुभकामना ।।

 

 

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस