२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

धनगढीको केजी हस्पिटलमा बच्चा जन्माउन गएकी महिलाको पाठेघर निकालिदिएपछि…

धनगढी, ९ असोज । धनगढीको केजी हस्पिटलले सुत्केरी हुन गएकी एक महिलाको पाठेघर झिकेको भन्दै आफन्तहरू आक्रोशित बनेका छन् । शनिवार शल्यक्रिया गरेर बालक जन्माएकी धनगढी–३ नवदुर्गा टोलकी २६ बर्सिया नर्जिस खातुनको अस्पतालले पाठेघर झिकेको हो ।

शल्यक्रिया गरेर शिशु जन्माएपछि अत्यधिक रक्तश्राव भएको भन्दै पाठेघर झिकिएको महिलाका श्रीमान् मोतिरहमानले जानकारी दिए । उनका अनुसार धनुषाको मुखियापट्टी मसुहरनिया गाउँपालिका वडा नम्बर ४ स्थायी बसोबास भएका मोतिरहमानले शनिवार दिउँसो ३ः३० बजे श्रीमतीको शल्यक्रिया गरिएको बताएका थिए । त्यसपछि अस्पतालले अत्यधिक रक्तश्राम भएको भन्दै पाठेघर झिकेको हो । पाठेघर झिक्नुपर्ने भनेपछि आमाको ज्यान बचाउन सहमति दिएको उनले बताए ।

बच्चा जन्मेको पाँच घण्टासम्म श्रीमतीको अबस्था नबताएकाले सुरुमा डाक्टरसँग विवाद भएपनि पछि पाठेघर झिक्न सहमति दिएको बताए । अस्पतालका निर्देशक डाक्टर दीपक सिंहले महिलाको स्वास्थ्यमा सुधार भइसकेको बताए । शनिवार नै आइसियुमा राखिएका खातुनलाई सोमबार जनरल वार्डमा सारिएको छ ।

 

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस