२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

पत्रकारहरुलाई सरकारी पेन्सन दिने व्यवस्था कार्यन्वयन, अवधि पुगेकालाई निवेदन दिन आह्वान

काठमाडौं । पत्रकारहरुलाई सरकारी पेन्सन दिने व्यवस्था कार्यन्वयनमा आएको छ । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रसारण विभाग सञ्चारग्राम, काठमाडौँले सूचना निकाल्दै अवधि पूरा भएका पत्रकारहरुबाट निवेदन माग गरिएको छ । सूचनामा भनिएको छ,

नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रसारण विभाग सञ्चारग्राम, काठमाडौँ
निवेदन माग गरिएको सूचना
प्रथम पटक सूचना प्रकाशित मिति: २०८०l०६।०६ गते

पत्रकार वृत्ति कोष तथा सञ्चालन निर्देशिका, २०७५ तथा पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड, २०७८ बमोजिम पत्रकारिता क्षेत्रमा कार्यरत ज्येष्ठ पत्रकारहरूलाई वृत्ति प्रदान गर्न कोष सञ्चालक समितिको मिति २०८००६ ०४ गतेको निर्णय बमोजिम यो सूचना प्रकाशन भएको मितिले ३० (तीस) दिनभित्र तपसिलका कागजात संलग्न राखी सूचना तथा प्रसारण विभागमा प्रत्यक्ष उपस्थित भई वा इमेल (patrakarbrittikosh@gmail.com) मा निवेदन | दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल
१. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
२. शैक्षिक योग्यताको प्रमाणपत्र (नागरिकताको प्रमाणपत्रमा स्पष्ट जन्म मिति नखुलेको हकमा) ।
३. तीस वर्षसम्म निरन्तर पत्रकारिता गरेको पुष्टि हुने कागजात ।
४. सङ्घीय एकाइका तीनै तहबाट कुनै पनि प्रकारको आर्थिक तथा भौतिक सहयोग प्राप्त नगरेको भनी सम्बन्धित स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित भई आएको कागजात ।
५. पत्रकार वृत्तिका लागि नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालय वा जिल्ला शाखाको सिफारिस पत्र ।
६. नेपालको सरकारी पदबाट निवृत्त भई वा हाल कुनै लाभको पदमा नेपाल सरकारद्वारा नियुक्त भई कुनै प्रकारको सेवा सुविधा प्राप्त नगरेको भनी स्वघोषणा ।
७. सूचना तथा प्रसारण विभागबाट जारी भएको प्रेस प्रतिनिधि प्रमाणपत्र । द्रष्टव्य थप जानकारी विभागको वेबसाइट www.doib.gov.np मा रहेको छ ।

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस