२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

एमाले बागमतीमा अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता [ पदाधिकारीको सूचीसहित ]

काठमाडौं, असोज १० । नेकपा (एमाले) बागमती प्रदेशको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता भएको छ । दुई केन्द्रीय सदस्य र प्रदेशका वर्तमान अध्यक्षसहित ५ जनाले अध्यक्ष पदमा मनोनयन दर्ता गराएका हुन् ।

पार्टी कार्यालय च्यासलमा अध्यक्षका लागि कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन्।

उपाध्यक्षमा दावादोर्जे लामा, नारायण प्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाले उम्मेदवारी दिएका छन्। सचिवमा रत्न गुरूङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित र रामकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।

उपसचिव (२ पद) मा १२ जनाको उम्मेदवारी परेको छ। खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रीता गौतम ढकालले उम्मेदवारी दिएका हुन्। मतदान भने बिहीबार बिहान ८ बजेदेखि सुरू हुनेछ।

 

 

 

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस