२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

पैगम्बर मोहम्मदको जन्मदिनमा बिहीवार मधेस प्रदेशमा सार्वजनिक बिदा

Public holiday in Madhes state

जनकपुर । मधेस प्रदेश सरकारले ईस्लाम धर्मावलम्बीको धर्मगुरू पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा बिहीवार सार्वजनिक बिदा दिने भएको छ ।

मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद खरेलले एक सूचना जारी गरी मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा बिहीवार असोज ११ गते बिदा दिने निर्णय भएको जानकारी दिए ।

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस