२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

अन्तत: बालेनले घुडा टेक्नै पर्यो, काठमाडौं महानगर र अभियन्ता ईःबीच सहमति

काठमाडौं । काठमाडौं महानगरपालिका र अभियन्ता ईःबीच सहमति भएको छ। बुधबार दुई पक्षबीच भएको छलफलमा फुटपाथ व्यापारीको जफत गरिएको सामान पहिचान गरी फिर्ता दिने, विज्ञ टोली गठन गरी उचित स्थानको खोजी गर्ने, सातदिन भित्र तोकिएको स्थान खोजी गर्ने गरी हाललाई पसल राख्न दिने र ईः को आन्दोलन फिर्ता गर्ने सहमति भएको हो।

यसअघि मंगलबार भएको वार्तामा चार बुँदे सहमति पत्र तयार भएको थियो । तर, अन्तिम अर्थात चौथो बुँदामा कुरा नमिल्दा वार्ता भाँडिएको थियो । बुधबार चौथो बुँदालाई थप संशोधन गरेर सहमति जुटेको बताइएको छ । अभियन्ता ईःले काठमाडौं महानगरपालिका कार्यालयअगाडि ९ दिनदेखि निरन्तर उभिएर प्रदर्शन गरिरहेका थिए ।

काठमाडौं महानगरका मेयर बालेन (बालेन्द्र) शाह कुनैपनि हालतमा नागरिकको सम्पत्ति भत्काएर राज्यले लगानी गरेर बनाएको फुटपाथमा पसल थाप्न नदिने पक्षमा थिए । तर मानवअधिकारको रक्षाका निम्ति भन्दै सर्वत्र दवाव आएपछि बालेन घुडा टेक्न बाध्य भएका हुन् ।

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस