२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अस्ट्रेलियामा श्रीमतीबाट नेपाली केटामा चरम हिंसा, एउटै फ्ल्याटमा ब्वाईफ्रेण्ड देखि चरम यातनासम्म

काठमाडौं । अस्ट्रेलियामा नेपाली पुरुषमाथी चरम घरेलु हिंसा हुने गरेको खुल्न आएको छ । केही दिन अघि एक नेपाली जोडीको पारिवारीक समस्या सामाजिक सञ्जालबाट बाहिर आएपछि रानी दिदि नामको सामाजिक सञ्जालबाट चर्चित एक जना परामर्शदाताले यो कुरा खुलाएकी हुन् । उनले अहिले विकसित देशमा महिला मात्र हैन, पुरुष झनै बढी घरेलु हिंसाको शिकार बनिरहेको दावी गरेकी छिन् । आफूलाई मनोपरामर्शदाताको रुपमा चिनाएकी उनले आफ्नो कामको दौरानमा आएका घटनाहरुपनि सुनाएकी छिन् ।

उनले अस्ट्रेलियामा कार्यरत पत्रकार सरल गुरुङको भिडियोलाई रिप्लाई दिँदै आफूले अस्ट्रेलियामा चरम घरेलु हिंसाबाट पीडित भाइहरुलाई काउन्सिलिङ गरेको बताएकी छन् । उनले भनेकी छिन्, कागजी बिबाह गरेर । वा डिपेण्डिङमा आएका पुरुषहरु अत्याधिक हिंसाको शिकार बनेको पाए । एकजना भाइलाई मैले नै परामर्श गरेर मृत्युको मुखबाट बचाए । यतिसम्म की त्यो भाइलाई श्रीमतीले अत्याधिक पिट्ने । एउटै फ्ल्याटमा विदेशी ब्वाईफ्रेण्ड राख्ने र दुबैले यातना दिने गरेका रहेछन् । सहन नसक्ने अवस्था आएपछि ज्यान नै फ्यालिदिन्छु भन्ने अवस्थामा पुगेका भाई मेरो परामर्शपछि परिवर्तन हुनुभयो ।

रानी दिदिले भनिन्, यो जोडीलाईपनि सम्भव भए मेरो सम्पर्कमा आउन भनिदिनुहोस् । म परामर्श गर्नेछु । केही दिन अघि एक पुरुषले आफूले श्रीमतीबाट अत्याधिक यातना र पीडा खेपेको बोल्दै भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेका थिए । त्यसपछि उनकी श्रीमतीलेपनि आफूले हैन बरु श्रीमानबाट आफू पीडित भएको बताएकी थिइन् । आफ्नो बैक ब्यालेन्समाथी हक जमाउन खोज्ने, फूर्मासमा खर्च गरेर सिध्याउने । कुट्ने–पिट्ने । काम गरेर राति घरमा आउँदा अब मार्छ की भन्ने त्रास भएका कारण उनीबाट टाढा भएको श्रीमतीले रिप्लाई दिएकी थिइन् । श्रीमानले आफ्नो मोबाइल चेक गर्न खोज्ने, शंका गर्ने र त्यही निहुँमा यातना दिने उनको दावी थियो ।

त्यसपछि सरल गुरुङले कानूनका ज्ञातालाईपनि ल्याएका थिए । कानूनविद्का अनुसार अस्ट्रेलियामा श्रीमानले श्रीमतीको र श्रीमतीले श्रीमानको समेत मोबाईल, बैक ब्यालेन्स जाँच गर्न, हेर्न दवाव दिन नपाउँने कानून रहेको बताएका थिए ।

 

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस