२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सेमिफाइनलमा भारतविरुद्व नेपालको बराबरी : अब पेनाल्टी सूटआउट हुँदै

काठमाडौं । साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपाल र भारतबीच खेल बराबरीमा निर्धारित समय सकिएको छ । नेपालले ७४ मिनेटमा गोल फर्काएपछि खेल १–१ गोलको बराबर भएको हो ।

यसअघि भारतले २६ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । भारतका गोम्सर गोयारीको हेडरलाई साहिल खुर्सिदले डिबक्स भित्रैबाट पोष्टमा प्रहार गरेका हुन् । अबको निर्णय पेनाल्टी सूटआउटमा हुनेछ । नेपाल समूह एको उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने भारत समूह बीको विजेता टिम हो । अहिलेको खेल जित्नेले फाइनलमा पाकिस्तानसँग खेल्ने छ ।

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस