२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

क्रिकेटमा नेपालको विश्व कीर्तिमानको ओइरो, विश्वका कुनैपनि क्रिकेट हस्तिका रेकर्ड नेपालीले तोडिदिए

Nepali Cricket team

काठमाडौं । हाङझाउ एसियाली खेलकुद अन्तर्गत नेपालले पुरूष क्रिकेटको आफ्नो पहिलो खेलमा कीर्तिमानको ओइरो लगाएको छ। झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदाना मंगोलियाविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा ३१४ रन जोड्यो।

कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी ब्याटिङ गरेपछि नेपालले टी-२० मा इतिहासकै ठूलो योगफल तयार गरेको हो। यसअघि टी-२० को विश्वकीर्तिमानी योगफल २७८ रन थियो। यो स्कोर चेक र अफगानिस्तानले बनाएका थिए।

यस्तै कुशल मल्लले ३४ बलमै शतक प्रहार गर्दै अर्को कीर्तिमान बनाए। यसअघिको सर्वाधिक छिटो अर्धशतको कीर्तिमान ३५ बलमा दक्षिण अफ्रिकाका डेभिड मिलर, चेकका सुदेश विक्रमाशेखर र भारतका रोहित शर्माले बनाएका थिए। नेपालको लागि सर्वाधिक छिटो शतक बनाउने कीर्तिमान पारस खड्काको नाममा ४९ बलमा थियो।

दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशकतक प्रहार गर्दै अर्को विश्वकीर्तिमान बनाए। उनले १२ बलको विश्वकीर्तिमान पनि भंग गरेका हुन्। यो कीर्तिमान भारतका युवराज सिंहको नाममा थियो। दीपेन्द्रले १९औं ओभरका पछिल्ला पाँच बलमा ५ छक्का हिर्काएका थिए। अर्को ओभरको दोस्रो बलमा पनि छक्का हिर्काएपछि उनले ६ बलमा ६ छक्का प्रहार गर्ने अर्को विश्वकीर्तिमान बनाए।

खेलमा कुशल मल्लले ५० बलमा नटआउट १३७ रन र दीपेन्द्रसिंह ऐरीले १० बलमा नटआउट ५२ रन प्रहार गरे। कुशलले ८ चौका र १२ छक्का तथा दीपेन्द्रले ८ छक्का हिर्काए। त्यसअघि कप्तान रोहित पौडेल २७ बलमा ६१ रन, कुशल भुर्तेल २३ बलमा १९ रन र आसिफ शेख १७ बलमा १६ रन जोडेर आउट भएका थिए। खेलमा नेपालले २८ छक्का र १४ चौका प्रहार गरेको थियो।

 

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस