२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ओलीले घोषणा – मिशन ८४, हरेक वडामा ५१ प्रतिशत एमाले

सुर्खेत, १० असोज । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विकास भन्ने कुरा एमाले आएपछि मात्र जनताले देखेको बताएका छन् । नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले भने, ’एमाले आयो र जनताले विकास देखे, एमाले आउनुअघि यो देशमा विकास नै देखिएको थिएन ।’ उनले अहिलेको गठबन्धन सरकार विदेशीको जालझेलमा चलेको आरोप समेत लगाए ।

उनले २०८४ मा एमालेको एकल बहुमतको सरकार बन्ने दाबी गरे । ‘समय छ अहिले देखि नै लाग्नुस् । हरेक वडामा ५१ प्रतिशत एमाले । यही नै हो एमालेको मिशन ०८४’, अध्यक्ष ओलीले भने, ‘विकास हामीले गरेका छौँ । नागरिकलाई त्यो बुझाउनुस् ।’ ओलीले नेपालमा कम्युनिष्ट पार्टी भनेको एमाले मात्र रहेको दावी गरे । एकीकृत समाजवादीमा रहेका कार्यकर्तालाई समेत उनले एमालेमा फर्कन आह्वान गरे । उनले भने, ‘हाम्रा कार्यकर्ताले अव आफ्नो घरमा पनि सम्झाउनु पर्छ । आफुलाई एमाले भन्ने तर छोराछोरी अर्कै पार्टीमा रहेको कसरी हुन्छ । पहिला घरमा सम्झाउनुस् ।’

नेतृत्व चयनका लागि सकभर सहमतिमा आउन उनले अनुरोध गरे । ‘सकभर सहमति गर्नुस् । नत्र चुनाव लड्नुस् । एउटाले जित्छ, अरुले हार्छन्’, कार्यकर्तालाई निर्देशन दिदै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने, ‘जिल्लामा सहमति गर्नुस् । कोटाका आधारमा छुट्टाएर सहमतिबाट आउनुस् ।’ अधिवेशन सकिएपछि यसको प्रभाव पछि पार्टीमा नल्याउन अनुरोध गरे ।

 

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस