२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आजसहित आगामी तीन दिनको मौसम अपडेट

weather forecast nepal today

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज सहित आगामी तीन दिनको मौसम अपडेट गराएको छ । आज बिहान प्रकाशित मौसम पूर्वानुमान बुलेटिन तल प्रस्तुत गरिएको छ । यहाँबाट सबै जानकारी लिन सक्नुहुनेछ ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) जारी मिति: २०८० असोज १० गते बिहान ०६:०० बजे

मौसम विश्लेषण (Meteorological Analysis) हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तर-प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status) हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेशको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ।

२०८० असोज १० गते (बुधबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: कोशी, मधेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, मधेश,गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

२०८० असोज ११ गते (बिहीबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०८० असोज १2 गते (शुक्रबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours) कोशी, मधेश,बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा साथै चट्याङ्गको जोखिम रहने हुँदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

 

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस