२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

छोरी र श्रीमती एकै ठाउँ गुमाएका माओवादी केन्द्रका नेता बडुवालको आज निधन

धनगढी, असोज ११ गते । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवालको निधन भएको छ । श्वासप्रश्वासको समस्याबाट पीडित उनको आज (बिहीवार) बिहान निधन भएको हो ।

कैलालीको लम्कीचुहा नगरपालिका–२ चौरीवासी बडुवालको स्वास्थ्य समस्या भएपछि लम्कीस्थित लालरत्न अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि नेपालगञ्जस्थित नर्सिङ होम लगिएका बडुवालको त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको लखनउ लग्ने क्रममा बाटोमा निधन भएको नेकपा माओवादीका प्रदेश अध्यक्ष हरिप्रसाद चौधरी (उत्सव) ले जानकारी दिए ।

उनका अनुसार माओवादीको तीनमहिने अभियानको क्रममा डोटीको बडीकेदार र जोरायलमा खटिएका बडुवाललाई सोही क्रममा स्वास्थ्य समस्या भएको थियो । २०७१ साल असोज २० गते जोरायलमै भएको बस दुर्घटनामा बडुवालले पत्नी र एक छोरा गुमाउनु परेको थियो । बडुवालको निधनले माओवादी पार्टीले एक सक्षम नेता गुमाएको बताइएको छ । उनी आफ्नो पार्टी र लम्की क्षेत्रमा निकै प्रिय नेता मानिन्थे ।

प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस