२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उम्मेदवारी फिर्तापछि एमाले बागमती अध्यक्षमा कृष्ण र कैलाशबीच प्रतिस्पर्धा: कसको पल्ला भारी ?

काठमाडौं, ११ असोज । नेकपा एमाले बागमती प्रदेशको अधिवेशन अन्तर्गत भोलि निर्वाचन हुँदैछ । मंगलबारबाट सुरु भएको प्रदेश अधिवेशनले ५ पदाधिकारीसहित २४५ जनाको कार्यसमिति चयन गर्नेछ । सहमतिको प्रयास स्वरुप भोलिका लागि मतदान सारिएको छ ।

यसैबीच प्रदेशको अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका निवर्तमान अध्यक्ष केशवराज पाण्डे, सानुकुमार श्रेष्ठ र केशरकुमार बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका छन् । अब कैलाश ढुंगेल र कृष्ण दाहालबीच मात्र प्रतिस्पर्धा हुनेछ । केशवराज पाण्डेले हिजो वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका थिए । तर नेतृत्वले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने सहमति गरेपछि पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिन सहमति जनाएको एमाले निकट स्रोतले जनाएको छ । अब प्रतिस्पर्धा रामेछापका ढुंगेल र मकवानपुरका दाहालबीच हुने छ । मनोनयन फिर्ता लिएका पाण्डेले पनि ढुंगेल पक्षलाई समर्थन जनाएको स्रोतले बताएको छ । श्रेष्ठ र बुढाथोकीले दाहाललाई समर्थन जनाएपनि ढुंगेलकै पल्ला भारी छ ।

अध्यक्षका प्रत्यासी ढुंगेल एमालेमा अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् । ओलीले नै ढुंगेललाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउन निर्देशन दिएका थिए । तर सर्वसम्मत अध्यक्ष बनाउन सहमति नजुटेपछि निर्वाचन मार्फतनै ढुंगेललाई अध्यक्ष बनाउन ओलीले नेताहरुलाई गोप्य सर्कुलर जारी गरेको स्रोतले बताएको छ । अध्यक्षका प्रत्यासी पाण्डेले पनि समर्थन गरेपछि ढुंगेल पक्ष थप उत्साही बनेको छ । ढुंगेल स्वयंले भने आफ्नो जित निश्चित रहेको दाबी गर्दै आएका छन् ।

एमाले बागमती अधिवेशन : कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल अडानबाट पछि हटेनन्, भोलि मतदान

 

प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस