२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चितामा जल्न लागेको महिलाको शव अस्पताल पुग्यो

जनकपुरधाम । सर्लाहीमा दाहसंस्कार गर्न लागिएको महिलाको शव प्रहरीले उठाएर पोस्टमार्टमका लागि अस्पताल लगेको छ । यो घटना रामनगर गाउँपालिका–१ खैर्वाको हो । बुधवार मृत्यु भएकी स्थानीय २१ वर्षीया मनिषा साहको शव दाहसंस्कार गर्न लगिएको थियो ।

तर, कानूनी प्रक्रिया पूरा नगर्रिएको भन्दै प्रहरीले चिताबाट शव उठाएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगेको हो । सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियारका अनुसार मनिषाको मृत्यु कसरी भयो भन्ने खुलेको छैन । माइती पक्षले हत्या भएको भन्दै छानबिन गरिदिन भनेपछि प्रहरीले शव नियन्त्रणमा लिएको उनले बताए ।

हत्या भएको आरोप लगाए पनि माइती पक्षले कारणबारे केही नभनेको डीएसपी पञ्जियारले बताए । उनले भने, ‘मृत्यु जसरी भए पनि कानूनी प्रक्रिया पूरा गर्नुपर्छ । तर, लुकेर दाहसंस्कार गर्न खोज्दा शव पोस्टमार्टमका लागि अस्पताल पठाएका छौं ।’ मनिषाको मृत्यु शंकास्पद देखिएको छ । उनको शरीरमा निलडाम देखिएको छ । डीएसपी पञ्जियारले मनिषाका श्रीमान सुनिल साह, ससुरा र देवरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताए ।

 

 

प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस