२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ब्रिजबेन र सिड्नीमा भब्य सांगितिक कार्यक्रम हुँदै, यी कलाकार आउने !

Great music events in Brisbane and Sydney

ब्रिजबेन,सिड्नी । अष्ट्रेलियाको ब्रिजबेनमा ‘नेपा फन फेस्ट–२०२३’ आयोजना हुने भएको छ । टि इभेन्टको आयोजनामा ब्रिजबेनको सेलिस्बरीस्थित लाईभ एचक्युमा अक्टोबर १४ मा ‘Nepa Fun Feast-2023’ भब्य सास्कृतिक कार्यक्रम हुन लागेको हो ।

शनिबार साझ ५ बजेबाट सुरु भएर १० बजेसम्म जारी हुने सांस्कृतिक महोत्सबमा ख्यातीप्राप्त कलाकारहरू हिमाल सागर, भारतीय टेलिभिजन जीटिभीबाट प्रसारण हुँदै आएको चर्चित नृत्य प्रतियोगिता ‘डान्स इन्डिया डान्स-२०१४’ कि विजेता तेरिया फौजा मगर, र मिस नेपाल २०११ मनीषा जोशीको प्रस्तुती रहने आयोजक टि इभेन्ट्सका टिका भुर्तेलले जानकारि दिनुभयो । कार्यक्रमको अर्को आकर्षणका रुपमा सिड्नीका कलाकारहरु जेनिशा गौतम र म्याक्स बाबुको भब्य सांगीतिक प्रस्तुतीको मज्जा लिन पाइनेछ । ब्रिजबेनको कार्यक्रममा चर्चित टिकटक स्टार मिस पबी समेतको भब्य प्रस्तुती रहनेछ ।

विभिन्न स्थानीय व्यवसायका साथै, नेपाली समूदायका विभिन्न व्यवसायको साथ सहयोग रहेको इभेन्टमा सहभागि हुन टिकटको २५ रुपैयाँ अष्ट्रेलियन डलर तोकिएको छ । कार्यक्रममा उपस्थित भई मनोरंजन लिन आयोजकले ब्रिजबेन र यस आसपासमा बसोबास गर्ने नेपाली समुदायलाई आह्वन गरेको छ ।

 

सिड्नीमा समेत भब्य सांगितिक कार्यक्रम

यस्तै, अष्ट्रेलियाको सिड्नीस्थित वरियन सेन्टरमा सेप्टेम्बर ३० मै ‘Nepa Fun Feast-2023’ भब्य सास्कृतिक कार्यक्रम हुनेछ । सेप्टेम्बर ३० शनिबार साझ ५ बजेबाट सुरु भएर १० बजेसम्म जारी हुने सांस्कृतिक महोत्सबमा ब्रिजबेनमा प्रस्तुती दिने कलाकारहरुले नै भरपुर मनोरञ्जन प्रदान गर्नेछन् । विभिन्न स्थानीय व्यवसायका साथै, नेपाली समूदायका विभिन्न व्यवसायको साथ सहयोग रहेको इभेन्टमा सहभागि हुन टिकटको २५ रुपैयाँ अष्ट्रेलियन डलर तोकिएको छ । कार्यक्रममा उपस्थित भई मनोरंजन लिन आयोजकले सिड्नी र आसपासमा बसोबास गर्ने नेपाली समुदायलाई आह्वन गरेको छ ।

जानकारी सेयर गरेर सबै नेपाली दाजुभाई–दिदिबहिनी समक्ष पुर्याइदिन आग्रह गर्दछौ । – आयोजक

 

प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस