२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनकोशी गाउँपालिका अध्यक्ष ‘नेल्सन मन्डेला लिडरसिप अवार्ड’ बाट सम्मानित

ओखलढुङ्गा, असोज ११ गते । ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङ ‘नेल्सन मन्डेला लिडरसिप अवार्ड सन २०२३’ बाट सम्मानित भएका छन् ।

भारतको ‘एनआरआई वेल्फेयर अफ इन्डिया’ गरेको सर्वेक्षणका आधारमा अध्यक्ष तामाङ नेपालबाट उक्त अवार्डका लागि छनोट भएका थिए । सेप्टेम्बर २७ का दिन लण्डनमा भएको ‘ग्लोबल पिस समिट’मार्फत अध्यक्ष तामाङ उक्त अवार्डमार्फत सम्मानित भएका हुन् ।

कोरोना महामारीको समयमा तामाङले समुदायमा पुर्‍याएको योगदानको मुल्याङ्कन गर्दै उक्त अवार्डबाट सम्मानित गरिएको छ । स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट सुनकोशी गाउँपालिको अध्यक्षमा निर्वाचित तामाङले कानून अनुसार आफूले पाउने सम्पूर्ण तलब भत्ता सामुदायिक विद्यालयको विकासका लागि वितरण गर्ने घोषणा गरेर कार्यन्वयन गरिरहेका छन् ।

 

प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस