२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

जंगलमा युवतीसँग श्रीमतीले फेला पारेका अर्जुनधारा शाखा प्रमुख बस्नेत जिम्मेवारी मुक्त

१२ असोज, काठमाडौं । झापाको अर्जुनधारा नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई जिम्मेवारीबाट हटाएको छ । ‘जंगलमा डेटिङ जाँदा श्रीमतीले फेला पारेको’ भन्दै बस्नेतमाथि उनकै श्रीमतीले गाली गर्दै लछारपछार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाले बस्नेतलाई स्पष्टीकरण समेत सोधेको छ ।

नगर प्रमुख बलदेवसिंह गोम्देनको निर्देशन अनुसार बस्नेतलाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन रिमालले जानकारी दिए । ‘घटना समाजिक सञ्जालमा आएको देखिएको छ, त्यो घटना के हो भन्ने पनि थाहा छैन,’ उनले भने, ‘तर, नैतिक प्रश्न उठेकाले स्पष्टीकरण सोधेका हौं ।’

घटना कार्यालय समयमा नभएको भन्दै उनले कहाँ कहिले घटना भएको हो भन्ने पनि स्पष्ट नभएको बताए । उनले सिनियर अहेब समेत रहेका न्यौपानेसँग देखिएकी युवती को हुन् ? भन्ने पनि जानकारी नभएको बताए । ‘यदि कार्यालयकै कर्मचारी रहेछन् भने सम्बन्धितलाई पनि कारबाही हुन्छ,’ उनले भने । उनले स्पष्टीकरण चित्त बुझ्दो नआए विभागीय कारबाहीका लागि सिफारिस गरिने बताए ।

 

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस