२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

राष्ट्रपति कार्यालयका सहसचिव शेरजंग कार्कीको निधन

काठमाडौं । राष्ट्रपतिको कार्यालयका सहसचिव शेरजंग कार्कीको निधन भएको छ। शुक्रबार बिहान उपचारका लागि नर्भिक अस्पताल लगिएका कार्कीलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन्।

५२ वर्षीय सहसचिव कार्की राष्ट्रपति कार्यालयको कानून महाशाखामा कार्यरत थिए। कार्कीलाई शुक्रबार बिहान सवा ७ बजे अस्पताल लगिएकामा उनमा जीवनकाे कुनै संकेत नदेखिएको भन्दै अस्पतालले मृत घोषणा गरेको थियो।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार कार्कीलाई बिहीबार साँझ नै वान्ता भएको थियो र उनले शारीरिक अस्वस्थता महसुस गरेका थिए।

 

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस