२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मलेसिया गएका ८ युवा कामविहीन अलपत्र

काठमाडौं । रामेछापका छत्रबहादुर बस्नेत सहित आठ जना युवाहरूले दुई महिनादेखि मलेसियामा कामविहीन भएको गुनासो गरेका छन्। जसमा गोरखा म्यानपावर बाट गएका छत्रबहादुर, मोभिरा एचआर म्यानपावरबाट गएका नेपालगञ्जका गिरधरी मंगटा, सिन्धुलीका विसुराज वाइबा, अम्टी ग्लोबल म्यानपावरबाट गएका नुवाकोटका विकास विश्वकर्मा, बैतडीका प्रकाश धामी, सिराहाका मिथुन कपैर, धनुषाका सुत्रधन महरा छन्।

उनीहरू त्यहाँको इन्टरग्रेट कम्पनीमा काम गर्न गएका थिए। मलेसिया पुगेको ९ महिना भयो। क्लिनर कामका लागि म्यानपावरलाई दुई लाख ५० हजार रूपैयाँ तिरेर त्यहाँ पुगेका हुन्। तर यति बेला उनीहरु कामविहीन बनेका छन्। छत्रबहादुर लोरोङ सुंगाइ बतु ६ हाउस नम्बर १९, पेनाङमा छन्। बस्ने ठाउँ कम्पनीले दिएको छ। खान भने नदिएको उनले बताए।

ुसुरूमा खानका लागि भनेर दुई सय रिंगिट दिएको थियो। अहिले घरबाट पैसा मगाएर खानुपरेको छ, उनीहरु सुनाउँछन्, हामी ऋणपान गरेर आएको मान्छेको बिजोग भयो। बैंकको पनि ऋण अझै तिर्न सकेको छैन। तीन महिना भइसक्यो बसेको बस्यै छौं। काम केही छैन। तनाव धेरै भइरहेको छ, छत्रले भनेका छन् ।

आफूहरूलाई काम दिनुपर्ने वा नेपाल फर्काउनुपर्ने उनीहरुकाके माग छ । उनीहरूलाई त्यहाँ पठाउने म्यानपावर सञ्चालकहरूसँग पनि हामीले यसबारे सोध्यौं। म्यानपावर सञ्चालकहरूले भने आफूहरूले लगाइदिएको काम नगरी छाडेकाले उनीहरू कामविहीन बनेको बताएका छन् ।

गोरखा म्यानपावरका सञ्चालक मुकेश तामाङले आफूले पठाएको छत्रबहादुर बस्नेतले रोजगारदातासँग झगडा गरेर काम छाडेको दाबी गरे। तर पीडितले म्यानपावरले पढेलेखेको नभएपनि हुन्छ भनेर पठाएको कम्पनीले कम्प्युटर जानेको, अंग्रेजी जानेको नभएकाले काम दिन नसक्ने भन्दै निकालेको बताएका छन् । छत्रबहादुर भने आफूले काम छाडेको नभएर कम्पनीले नै कामबाट निकालेको बताउँछन्।

 

 

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस