२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ओलीले भने, मैले फलानालाई भोट दिनुस् भनेको छैन : कार्यकर्ताले नमानेको स्थितिपनि हैन

बिराटनगर, असोज १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश अधिवेशनका क्रममा आफूले कसैलाई भोट दिन नभनेको र आफ्ना मात्र उम्मेदवार कोही नरहेको दाबी गरेका छन् ।

कोशी प्रदेश अधिवेशन उद्घाटन गर्न शुक्रबार बिराटनगर पुगेका ओलीले ‘केपी ओलीले भनेको कार्यकर्ताले मानेनन् भन्ने सन्देश दिन खोजिएको भन्दै असन्तुष्टि जनाए । केही सञ्चार माध्यम र विरोधीहरुले कार्यकर्ताको नाममा आफ्नो इच्छा थोपर्न खोजेको भन्दै उनले भने, ‘न मैले फलानालाई भोट दिनू, फलानालाई नदिनू भनेको छु, न कार्यकर्ताले नमानेको स्थिति छ ।’

आफूले सके सर्वसम्मति गर्नुस्, नसके स्वस्थ प्रतिस्पर्धा गर्नुस् मात्र भन्ने गरेको ओलीले बताएका छन् ।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस