२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमालेको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित, अरु पदमा कसले जिते ?

काठमाडौं । नेकपा एमाले वागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ६९६ मत प्राप्त गरी ढुंगेल पहिलो अधिवेशनका निर्वाचित अध्यक्ष बनेका हुन् ।

रामेछापका ढुंगेल बागमती प्रदेश सरकारका पूर्व अर्थमन्त्री समेत हुन् । निकटम प्रतिस्पर्धी दाहालले ४३९ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा दावादोर्जे लामा विजयी भए । लामाले ६१५ मत प्राप्त गरे।

यस्तै सचिवमा नवराज सिलवाल विजयी भएका छन् । सचिवमा नवराज सिलवाल एक मतले विजयी भए । सिलवालले ५६८ मत प्राप्त गर्दा हस्त पण्डितले ५६७ मत प्राप्त गरे ।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस