२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले बागमतीको मतदान अन्तिम चरणमा, आजै नतिजा आउने

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको मतदान अन्तिम चरणमा पुगेको छ । कुल ११६९ मतदाता रहेको बागमती प्रदेशमा राति साढे ७ बजेसम्म ९ सय हाराहारीमा मतदान सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।

पार्टी कार्यालय च्यासलमा शुक्रबार दिउँसोदेखि मतदान अब करिब एक घण्टामा सकिने अपेक्षा गरिएको छ । मुख्य निर्वाचन अधिकृत डिल्ली मैनालीले निर्वाचनबाट पाँच पदाधिकारीसहितका २४५ निर्वाचित हुने जानकारी दिए ।

बागमतीको अध्यक्षमा केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल प्रतिस्पर्धामा छन् । त्यसैगरी उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावादोर्जे लामा, नारायण खतिवडा र सुभाषचन्द्र ठकुरी प्रतिस्पर्धामा रहेका छन् । आजै अबेरसम्ममा परिणाम आउने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस