२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छन्। बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर थापाले अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेकी हुन्।

एनआरएनएको ११औँ महाधिवेशन आउँदो असोज ३० गते काठमाडौँमा शुरू हुँदैछ। थापा एनआरएनएको वर्तमान अध्यक्ष पनि हुन्। १० औँ महाधिवेशनमा अध्यक्षका प्रत्याशी तीन जना भएपछि तीन जनाबीच नै कार्यकाल बाँडफाँट हुने गरी अध्यक्ष तोकिएको थियो। बद्री केसी, कुल आचार्यसँगै थापाले पनि दुई वर्षे कार्यकाल बाँडफाँट गरेर अध्यक्षको जिम्मेवारी सम्हालेकी छन्।

“अध्यक्षका रूपमा मैले अघि सारेका योजना ६ महिने कार्यकालमा पूरा गर्न सम्भव भएन, म ती योजना फत्ते गर्न चाहन्छु,” थापाले बिहीबारको पत्रकार सम्मेलनमा भनिन्, “अब ६ महिना होइन, दुई वर्ष नै कार्यकाल हुने गरी अध्यक्ष बनेँ भने एनआरएनए अभियानलाई योगदान दिन, विदेशमा रहेका नेपालीको ज्ञान, सीप र लगानी स्वदेशमा भित्र्याएर मातृभूमिका लागि केही महत्त्वपूर्ण योगदान गर्न सक्छु भन्ने आत्मविश्वास छ।” थापा अमेरिकामा बसोबास गर्छिन्। महाधिवेशनमा विभिन्न ८६ देशमा रहेका एनआरएनएका प्रतिनिधिहरू सहभागी हुनेछन्।

 

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस