२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी सेन्टरबीच छुट प्रदानसम्बन्धी सम्झौता

Agreement between Everest Bank and Nirvana Physiotherapy Center regarding grant of discount

काठमाडाैं | एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर, लाजिम्पाटबीच बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । योसंगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीले उक्त वेलनेस सेन्टरबाट विभिन्न सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् ।

बैंकका रिटेल तथा एसएमई प्रमुख विष्णुप्रसाद ज्ञवाली र वेलनेस सेन्टरका प्रबन्ध निर्देशक रजुल श्रेष्ठद्वारा हस्ताक्षरित उक्त सम्झौता लागू भए संगै बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू साथै कर्मचारीहरू तथा तिनका पारिवारिक सदस्यहरूले उक्त वेलनेस सेन्टरबाट प्रदान गरिने विभिन्न सेवामा १० देखि २५ प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्नेछन् ।

बैंकमा हालसम्म करिब १३ लाख ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, तीन एक्स्टेन्सन काउण्टर, सात प्रादेशिक कार्यालय, १६२ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस