२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

पाकिस्तानविरुद्ध ह्याट्रिक गर्दै भारत बन्यो तेस्रोपटक साफ यू–१९ को च्याम्पियन

काठमाडौं । साफ–यू १९ च्याम्पियनसिपको उपाधि भारतले हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार पाकिस्तानलाई ३–० ले हराउँदै भारत लगातार तेस्रो पटक च्याम्पियन बनेको हो। यसअघि सन् २०१९ र २०२२ मा पनि भारत च्याम्पियन बनेको थियो। भारतलाई जित दिलाउन सुरुवाती दुवै गोल मागेथाङ किपगेनले गरे। अर्को गोल गोगोसर गोएरीले गरेका थिए।

पहिलो गोल ६४ औं मिनेटमा गरेका उनले अर्को गोल ८५ औं मिनेटमा फ्रिकिकमार्फत भएको हो। गोगसरले इन्जुरी समयमा तेस्रो गोलल गरेका थिए। यी दुवै टोलीले सेमिफाइनलमा ट्राईबेकरमा जित निकाल्दै फाइनल पुगेका थिए। भारतले नेपाललाई हराउँदै फाइनमा स्थान पक्का बनाएको थियो भने पाकिस्तानले भुटानलाई हराएको थियो।

पाकिस्तानको यो उमेर समूहमा पहिलो सहभागिता हो। भारतले घरेलु टोली नेपाल र पाकिस्तानले भुटानलाई हराउँदै फाइनल प्रवेश गरेका थिए।

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस