२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एनआरएनएको आइ.सी.सी महिला संयोजकमा देविका केसीद्वारा उम्मेदवारी घोषणा

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न अधिवेशनका लागि देविका केसी (देवकी खत्री) ले (आइ.सी.सी) महिला संयोजकमा उम्मेदवारी घोषणा गरेकी छिन् ।

एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद्को आगामी अक्टोवर १७–१९ (असोज ३० देखि कार्तिक २) सम्म हुँदैछ । देविका हाल क्यानडामा छिन् । गैर आवासीय नेपालीका लागि देविकाको योगदान सह्रानीय छ । उम्मेदवारी घोषणा गर्दै देविकाले लेखेकी छिन् ।

नमस्कार !! गैर आवासीय नेपाली संघ (एनआरएनए ) अन्तराष्ट्रिय समन्वय परिषदको आगामी अक्टोवर १७-१९ ( असोज ३० – कार्तिक २) मा हुने निर्वाचनमा मैले (आइ सी सी )महिला संयोजकमा उम्मेदवारी दिएकी छु। हजुरको अमूल्य समर्थन र सहयोगको अपेक्षा लिएर अगाडी बढ्ने जमर्को गर्दै छु! हजुरहरुको साथ – सद्भाव ,हौसला र प्रेरणा ले मलाई सदैव मार्गनिर्देशन गरिरहेको छ, गरिरहने छ। मलाइ पुर्ण विश्वास छ – हजुर प्रति।। गायीका देविका के सि (देवकी खत्री) हाल -क्यानडा 🙏🙏

 

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस