२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चन्द्रयान ३ : प्रज्ञानले गर्यो चन्द्रमामा चमत्कारीक काम, इसरो प्रमुख सोमनाथले दिए ठूलो खबर

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) प्रमुख एस. सोमनाथले चन्द्रयान–३ को रोभर ‘प्रज्ञान’ ले चाँडै उठ्ने खबर दिएका छन् । उनले आफूले अपेक्षा गरे अनुसार नै अहिले काम गरेकाले वर्तमान स्लीप मोडबाट सक्रिय हुनसक्ने बताए । अहिले कुनै समस्या छैन। ‘प्रज्ञान’ चाँडै उठ्नेछ ।

गुजरातको गिर सोमनाथ जिल्लामा रहेको सोमनाथ मन्दिरको दर्शन गर्न गएका बेला उनले मिडियालाई शुभ समाचार दिएका थिए । त्यसको केही समयपछि भएको पत्रकार सम्मेलनमा उनले भारतीय अन्तरिक्ष एजेन्सीले अब एक्सपोस्याट वा एक्स–रे पोलारिमिटर स्याटेलाइटको प्रक्षेपणको तयारी गरिरहेको बताए । यो प्रक्षेपण नोभेम्बर वा डिसेम्बरमा गर्न सकिने पनि बताए ।

चन्द्रमामा प्रज्ञानको हालको अवस्था हाइबरनेशन वा निष्क्रिय अवस्थामा नै रहेको इसरो प्रमुखको भनाई छ । चन्द्रमाको तापक्रम अहिले माइनस २०० डिग्री सेल्सियसमा झरेको छ । अत्यधिक प्रतिकूल मौसममा समेत यसका इलेक्ट्रोनिक सर्किटहरू बिग्रिएका छैनन् । हामीले भर्खरै जाँच पूरा गरेका छौ । अहिले पूरा समय अध्यारो नै रहेकाले तापक्रम बढ्ने सम्भावना छैन । तर चन्द्रमामा दिन सुरु भएपछि तापक्रम बढ्नेछ । यो फेरि सक्रिय हुनेछ उनले भने । यदी ‘सक्रिय भएन भनेपनि केही छैन, किनभने रोभरले सोचे जस्तो काम गरिसकेको छ ।” इसरोले गत साता चन्द्रयानलाई सूर्य उदाएपछि प्रक्षेपण गरिने बताएको थियो । चन्द्रयान ३ को सौर्य उर्जाबाट चल्ने ल्यान्डर ‘विक्रम’ र रोभर ‘प्रज्ञान’ सँग सम्पर्क स्थापित गरी वैज्ञानिक प्रयास जारी राख्नका लागि उनीहरुलाई पुनः सक्रिय गर्न लागिएको हो ।

चन्द्रमामा राति पर्नु अघि सेप्टेम्बर २ र ४ मा ल्यान्डर र रोभर दुवै निष्क्रिय मोडमा राखिएको हो । तर त्यसपछि सुरु भएको दिनमा ल्यान्डर ‘विक्रम’ र रोभर ‘प्रज्ञान’ उठ्न सकेनन् । अबको दिनको समयमा उठ्ने अपेक्षा इसरोले रोखेको छ । पृथ्वीमा २४ घण्टाको दिन रात हुन्छ भने चन्द्रमामा ६५५.७ घण्टाको दिन रात हुन्छ । यसैले दिन हुन लामो समय पर्खिनुपर्छ ।

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस