२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भाग्यमानी नवराज सिलवाल : सचिवमा १ मतले विजयी

काठमाडौं । प्रहरीमा अभागी सावित भइ डीआईबीबाटै राजीनामा दिएर हिँडेका नवराज सिलवाललाई राजनीति भने फलिफाप भएको छ । उनी नेकपा एमाले बागमती प्रदेश सचिव पदमा विजयी भएका छन्, त्यो पनि एक मतले । शुक्रबार पार्टी कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी मात्र एक मतले विजयी भएका हुन् ।

सिलवालले ५६८ मत पाउँदा हस्त पण्डितले ५६७ मत पाए । उनी एमाले अध्यक्ष केपी ओलीको आर्शिवादले सांसद समेत भइसकेका छन् । २०७४ सालको निर्वाचन ललितपुरबाट जितेका उनी गत मंसिरमा सम्पन्न निर्वाचनमा भने कांग्रेसका उदयशमशेर राणासँग पराजित बनेका थिए ।

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस