२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सांसद सूर्य थापाले उठाए प्रधानमन्त्री प्रचण्ड बुबा–छोरीमाथी प्रश्न

काठमाडौं । नेकपा (एमाले) नेता एवं सांसद सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनकी छोरी गंगा दाहालमाथी प्रश्न उठाएका छन् । आज चीनबाट फर्किदा नेपाली सेनाबाट लिइएको स्वागत सलामीको क्रममा देखिएको तस्बिर राखेर थापाले गम्भीर प्रश्न उठाएका हुन् ।

देशको चौथो प्रोटोकलमा रहने सम्माननीय सभामुख र अरु माननीयलाई पछाडि राखेर फस्ट लेडीको स्थानमा छोरी राखेको भन्दै थापाले यसलाई प्रोटोकलको भ्रष्ट्रीकरण भनेका छन् । स्वकीय सचिव नं. २ को तलब भत्ता ख्वाएर प्रोटोकल फस्ट लेडी बराबर गराएको भन्दै उनले केही गम्भीर प्रश्न राखेका छन् । उनले भनेका छन्…

त्रिभुवन विमानस्थलमा देखिएको प्रहसन –
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सेनाको स्वागत सलामी लिइरहेको क्षण बायाँपट्टि सम्माननीयज्यूहरूभन्दा अगाडि उभिने को होला ? जन्मको आधार र रोजाइमा प्राप्त हैसियत स्वकीय सचिव नं. २। कसरी सम्मानीयज्यूहरूभन्दा अगाडि रातो कार्पेटमा उभिएको होला बेशरम ? यसरी दाहालतन्त्रमा भ्रष्ट्रीकरण गरिएको हो त नेपालको प्रोटोकल? यस्तो मनपरी दुनियँमा शायदै हुन्छ?
‘फस्ट लेडी’को दर्जा दिएर खडा गरिएको हो भने स्वकीय नं.२ को लागि राज्यकोषबाट भरणपोषण पनि र ‘फस्ट लेडी’ को दोहोरो हैसियत कसरी मिल्यो? कि जे गरे पनि हुन्छ?
प्रश्न प्रोटोकलकै हुर्मत लिएकोमा हो । बाबुछोरीलाई सलामी? श्रीमतीलाई मृत्युपछि आफ्नै प्रस्ताव र निर्णयमा राजकीय सम्मान ???

 

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस