२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जब किसान Audi A4 सेडान बाट उत्रिएर लट्टे-पालुङ्गो बेच्न थाले, को हुन् यी हाईफाई किसान ?

काठमाडौं । ‘किसान’ भन्ने शब्द हाम्रो दिमागमा आउँदा दिनरात मिहिनेत गरेर जीवनयापन गर्ने मान्छेको छवि आउँछ । किसानहरू आफ्नो खेतमा उब्जाएको बालीलाई लिएर प्रायः चिन्तित देखिन्छन्। तर अहिले समय बदलिएको छ । आज नयाँ पुस्ताका धेरै युवाहरूले कृषिलाई आफ्नो पेशाको रूपमा रोज्न थालेका छन् र यसबाट राम्रो आम्दानी गर्न थालेका छन् ।’

आजकल Audi A4 सेडान जस्तो लग्जरी कार चढ्ने किसानको कथा चर्चामा छ । एक युवा किसान Audi A4 सेडानमा चढ्छन् । त्यही गाडीबाट उत्रिएर सडक किनारमा तरकारी बेच्न आएको भिडियो इन्स्टाग्राममा भाइरल भइरहेको छ । यो भिडियो केरलाको ‘युथ आइकन अवार्ड’ विजेता, किसान एवं युट्युबर सुजितको हो । सुजितले आफ्नो इन्स्टाग्राम पेज ‘वेरायटी फार्मर’ मा अडी कारमा तरकारी बेचेको भिडियो शेयर गरेका छन् ।’

भिडियो लट्टे-पालुङ्गो खेती गर्ने ठाउँबाट सुरु हुन्छ। त्यसपछि भिडियोमा सुजित अडी सेडानमा चौराहेबाट तल आउँदै गरेको देखिन्छ । केही मनिसले अटोरिक्शाबाट चौराहासम्म उनलाई फलो गर्छन् । सडक छेउमा प्लाष्टिकको पाना बिछ्याएर त्यसमा पालुङ्गो राखिएको छ । भिडियोको अन्त्यमा सुजित सबै तरकारी बेचिसकेपछि कारमा चढ्छन्।’

१० वर्षभन्दा बढी समयदेखि यस क्षेत्रमा काम गर्दै आएका सुजितले कृषि क्षेत्रमा योगदान पुर्‍याएको भन्दै प्रदेश सरकारबाट धेरै पुरस्कार पाइसकेका छन् । सुजितले सानो स्तरमा विभिन्न बाली खेती गर्न थाले । उनको सफलताको कारण भनेको बिचौलियालाई टार्दै सिधै ग्राहकलाई बेच्ने पद्धति अपनाए । कृषिलाई थप लोकप्रिय बनाउन उनले आफ्नो युट्युब च्यानल र इन्स्टाग्राम अकाउन्टबाट आफ्ना भिडियोहरु जनतामाझ सेयर गर्ने गरेका छन् । कृषि उपज लिन ग्राहक उनको खेतीमा नै पुग्छन् । साथै राम्रो व्यापार हुने हाटमा उनी आफै कृषि उपज लिएर पुग्छन् । दलाललाई हैन उनी सिँधै उपभोत्तालाई बेच्छन् ।’

 

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस