२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माल्दिभ्ससँगको खेलमा अविनाश बोहरा एक्लैले लिए सर्वाधिक ६ विकेट

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालका बलर अविनाश बोहरा चम्किएका छन् । माल्दिभ्सविरुद्वको खेलमा अविनाश एक्लैले सर्वाधिक ६ विकेट लिए । माल्दिभ्सलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि अविनाश बोहराको सर्वाधिक ६ विकेट ऐतिहासिक बन्यो । अविनाश बोहराले इस्माइल नाज़ुवान र रयान थोलालाई एल बी डब्ल्यूमा बोल्ड गरे ।

फरीद शियसलाईपनि कुशल भुर्तेलबाट अविनाश बोहराले नै बोल्ड गराए । अन्तिमका तीन ब्याट्सम्यानमा दुई जना हुसैन साधिन र मोहम्मद मिउवनलाई अविनाशले नै बोल्ड गरे भने । नाइल नसीरलाई एल बी डब्ल्यूमा बोल्ड गरे ।

यस्तै सन्दीप लामिछाने, सोमपाल कामी, गुल्सन झा र कुशल भुर्तेलले समान एक–एक विकेटको योगदान गरे ।

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस