२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जिल्ला अदालतद्वारा अभिनेता अनमोल केसीलाई हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधीश कृष्णप्रसाद सुवेदीले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

प्रहरीले उनलाई आपराधिक विश्वासघात गरेको आरोपमा शुक्रबार साँगाबाट पक्राउ गरेको थियो । १० लाख रुपैयाँ पेश्की लिएर ‘रावायण’ फिल्म खेल्न आनाकानी गरेपछि उनीविरुद्ध निर्माण युनिटले आपराधिक विश्वासघातको जाहेरी दिएका थिए ।

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस