२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माल्दिभ्सविरुद्धको खेलमा नेपालले ९९.५ प्रतिशत जित्छ

Nepali Cricket team

काठमाडौं । एसियन गेम्स–२०२२ अन्तर्गत क्रिकेटमा आज नेपालले माल्दिभ्सविरुद्ध खेलिरहेको छ । चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा खेल नेपाली समय अनुसार बिहान पौने ७ बजेदेखि खेल शुरु भएको छ । माल्दिभ्सविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ । खेल शुरुसँगै गुगलले खेल कसले जित्छ भनेर सम्भावित सर्वेक्षण गरेको थियो । अधिकांशको भोटिङ नेपाललाई छ । ९९.५ प्रतिशत नेपालले जित्ने सर्वेक्षणको नतिजा आएको छ ।

नेपालले यसअघि मंगोलियासँग खेलेको खेलमा कीर्तिमानी जित हासिल गरेको थियो। २७३ रनको जित हासिल गरेको नेपालले यस खेलमा कैयौं रेकर्ड समेत बनाएको थियो। यो खेल जिते नेपाल समूह ए बाट क्वाटरफाइनलमा पुग्ने छ। यस समूहमा रहेको मंगोलियाले दुवै खेलमा हार बेहोरेर बाहिरिएको छ भने माल्दिभ्सले एक खेल जितेको छ।

यसपछि क्वाटरफाइनलका खेल अक्टोबर ३ र ४ मा हुनेछ। टी–२० फर्म्याटमा आयोजना हुने प्रतियोगिताको प्रत्येक समूहका शीर्ष टोली क्वाटरफाइनलमा पुग्नेछन्। भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले भने क्वाटरफाइनलमा सिँधै प्रवेश पाएका छन्। सेमिफाइनल अक्टोबर ६ मा हुनेछ। फाइनल र तेस्रो स्थानको खेल ७ अक्टोबरमा हुनेछ।

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस